१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज



तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका-३ बिरुवामा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ गते पासा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।

रु एक करोड ४७ लाख चार हजार छ सय ४७ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । दुईतले भवन एक सय ९५ दशमलव ८५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारीलगायतका वस्तु राखिनेछ ।

अधिकारीले भने, “कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, त्यसका कारण कृषकले उचित मूल्य पाउनेछन्, अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिकटन रहेको छ ।”

चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रतिकिलो रु १० शुल्क कायम गरिएको छ । गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत अनुदान दिइनेछ । उनले भने, “चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले भण्डारणका लागि शुल्क निर्धारण गरेको छ, चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका कृषकलाई प्रतिकिलो रु पाँचमात्रै शुल्क लाग्नेछ ।”

घिमिरेले कृषकलाई वडाका टोल विकास संस्थामार्फत एकमुष्ठ आलु सङ्कलन गरी चिस्यान केन्द्रमा भण्डारण गर्न सूचीत गरिएको जानकारी दिए । आलु सङ्कलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ ।

घिमिरेका अनुसार बोरामा सङ्कलन गरिएका आलु कम्तीमा खनेको १५ दिनपछिको र बोक्रा बाक्लो भएको हुनुपर्नेछ । त्यस्तै टोलविकास संस्थामार्फत आउँदा किसानले आफूले चिन्ने गरी बोरामा सङ्केत नाम राख्नुपर्नेछ ।

म्याग्देले समृद्ध गाउँपालिका निर्माणका लागि कृषिलाई प्राथमिकतामा राखेको छ । कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्दा समस्या हुँदै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । “यो समस्या समाधानका लागि चिस्यान केन्द्र अतिआवश्यक थियो, यसले गर्दा कृषकले उचित मूल्य पाउनेछन्”, श्रेष्ठले भने ।

उत्पादित वस्तु समयमा बेच्न नसक्ने हुँदा सड्ने र वस्तु घाटामा बेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकाले गर्दा चिस्यान केन्द्रमार्फत वस्तुको भण्डारण गरिने श्रेष्ठले बताए । उनले भने, “कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको बजारीकरणमा सहयोग गर्ने गरी पालिका अगाडि बढेको छ, चिस्यान केन्द्र सञ्चालनपछि कृषक आफँैले उत्पादित वस्तुको भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।”

म्याग्दे गाउँपालिकाका कृषक केही वर्षयता सामूहिक आलुखेतीतर्फ आकर्षित छन् । विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरिरहेका छन् ।

यसअघि केही कृषकले निर्वाहमुखीरुपमा मात्र आलुखेती गर्ने गरेकामा गाउँपालिकाले व्यावसायिक आलुखेती गर्न प्रोत्साहन गरेपछि कृषक सामूहिकरुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् ।

विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीरुपले मात्र आलुखेती गर्दै आएकामा गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर आलुखेती गरिएको कृषक लक्ष्मी भण्डारीले बताए । चिस्यान केन्द्रको अभावमा विगतमा आलु कुहिएर जाने समस्या रहेको जनाउँदै उनले अब चिस्यान केन्द्र सञ्चालनमा आएपछि सहज हुने बताए । गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयरे, छाङपाटन, पीपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : २१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान