४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्यान्सर अस्पतालको आगलागी नियन्त्रणमा, करोडौं क्षति भएको अनुमान



खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोइराला क्यान्सर अस्पतालमा भएको आगलागी ३ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । आज अपरान्ह अस्पतालको रेडियोलोजी बिभागमा लागेको आगलालागीबाट कराडौंको क्षति भएको अनुमान गरिएको छ । सिटी स्क्यान कक्षको एसीबाट सल्केको आगो नियन्त्रणमा आउँदा सम्म रेडियोलोजी बिभागको सम्पूर्ण कक्षमा पुगेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासी, नेपाल प्रहरी र अस्पतालका कर्मचारीहरुको प्रयासबाट आगलागी नियन्त्रणमा आएको हो । अस्पतालमा भएको आगलागीबाट भएको क्षतिको विवरण प्राबिधिक मुल्यांकनपछि मात्र थाहा हुन सक्ने अस्पतालले जनाएको छ । सिटी स्क्यान कक्ष आगलागीको धुँवाले पुरै ध्वस्त जस्तो भएको छ भने धेरैजसो मेसिन र प्राबिधिक सामानहरु अस्पतालका कर्मचारी, प्रहरी र स्थानीयले जोखिम मोलेर रेडियोलोजी कक्षबाट निकालेका छन् ।

सामानहरु जोखिम मोलेर निकाल्ने क्रममा क्षेति भएको हुन सक्ने अस्पतालका कार्यकारी निर्देशक डा प्रकाश प्रसाद साहले बताए । आगलागी नियन्त्रणका क्रममा अस्पतालका कर्मचारी राजेश रिजाल सहित केही कर्मचारी र प्रहरीलाई चोट लागेको उनले जानकारी दिए । उनले प्राबिधिक जाँच पछि मात्र अस्पतालको क्षति एकिन गर्न सकिने बताउँदै भवन र रेडियोलोजी कक्षमा ठुलै क्षति भएको अनुमान गरे ।

अस्पतालको सुरुवाती निर्माण गर्ने संस्था प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले करोडौंको भौतिक क्षति भएको आँकलन गरे । भवनमा क्षति भएको र मेसिनहरु भने प्राबिधिकले जाँच गरेपछि थाहा हुने उनले बताए ।

२०७२ सालमा स्थानीयबासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल संचालन हुँदै आएको छ । अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अस्पताल प्रशासनले नेपालगन्जको निजी अस्पतालबाट सहयोग मागेर रेडियोलोजी सेवा सुचारु गर्दै आएको थियो ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको