५ बैशाख २०८३, शनिबार | April 18, 2026

क्यान्सर अस्पतालको आगलागी नियन्त्रणमा, करोडौं क्षति भएको अनुमान



खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोइराला क्यान्सर अस्पतालमा भएको आगलागी ३ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । आज अपरान्ह अस्पतालको रेडियोलोजी बिभागमा लागेको आगलालागीबाट कराडौंको क्षति भएको अनुमान गरिएको छ । सिटी स्क्यान कक्षको एसीबाट सल्केको आगो नियन्त्रणमा आउँदा सम्म रेडियोलोजी बिभागको सम्पूर्ण कक्षमा पुगेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासी, नेपाल प्रहरी र अस्पतालका कर्मचारीहरुको प्रयासबाट आगलागी नियन्त्रणमा आएको हो । अस्पतालमा भएको आगलागीबाट भएको क्षतिको विवरण प्राबिधिक मुल्यांकनपछि मात्र थाहा हुन सक्ने अस्पतालले जनाएको छ । सिटी स्क्यान कक्ष आगलागीको धुँवाले पुरै ध्वस्त जस्तो भएको छ भने धेरैजसो मेसिन र प्राबिधिक सामानहरु अस्पतालका कर्मचारी, प्रहरी र स्थानीयले जोखिम मोलेर रेडियोलोजी कक्षबाट निकालेका छन् ।

सामानहरु जोखिम मोलेर निकाल्ने क्रममा क्षेति भएको हुन सक्ने अस्पतालका कार्यकारी निर्देशक डा प्रकाश प्रसाद साहले बताए । आगलागी नियन्त्रणका क्रममा अस्पतालका कर्मचारी राजेश रिजाल सहित केही कर्मचारी र प्रहरीलाई चोट लागेको उनले जानकारी दिए । उनले प्राबिधिक जाँच पछि मात्र अस्पतालको क्षति एकिन गर्न सकिने बताउँदै भवन र रेडियोलोजी कक्षमा ठुलै क्षति भएको अनुमान गरे ।

अस्पतालको सुरुवाती निर्माण गर्ने संस्था प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले करोडौंको भौतिक क्षति भएको आँकलन गरे । भवनमा क्षति भएको र मेसिनहरु भने प्राबिधिकले जाँच गरेपछि थाहा हुने उनले बताए ।

२०७२ सालमा स्थानीयबासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल संचालन हुँदै आएको छ । अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अस्पताल प्रशासनले नेपालगन्जको निजी अस्पतालबाट सहयोग मागेर रेडियोलोजी सेवा सुचारु गर्दै आएको थियो ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ५१ बजे

रास्वपा सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी

‘वाम एकता’ चर्चा असान्दर्भिक भन्दै विष्णु पौडेलले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय राजनीतिक

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले