२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो ।

दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन मात्र बनाएको थियो ।

चेन्नईका लागि आजिख्य रहानेले सर्बाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए । त्यसै गरि डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए । त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्बाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषव पन्तले ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए ।

यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो । दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ५४ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,