३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

म्याद नाघेका खाद्य सामग्री जफत



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण-६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत रु ७५ हजारभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको गाउँपालिकाका उपाध्यक्ष पुनले बताए ।

उपाध्यक्ष पुनका अनुसार मूल्यअभिवृद्धि कर (भ्याट) र व्यक्तिगत खाता नम्बर (प्यान) नलिइकन व्यवसाय सञ्चालन गरेका तथा अनुमतिबिना मदिरा र सुर्तीजन्य पदार्थको बिक्री गरेकाहरूलाई सचेत गराइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ४१ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका