८ कार्तिक २०८३, आइतबार | October 26, 2026

पार्टी केन्द्रको निर्देशन एकातिर, मुख्यमन्त्रीको तयारी अर्कोतिर; कर्णालीमा विश्वासको मत लिने प्रस्तावमा अन्यौल



कर्णाली । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।

कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ । माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनिति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।

त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिदैन ।

४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ११ : १० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको