३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

माओवादी नेता कालीबहादुर खाम पक्राउ



काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खाम ठमेलबाट पक्राउ परेका हुन्।

रामेछाप घर भई काठमाडौंको कोटेश्वरकमा व्यापार गरी बस्दै आएका श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध रहेको छ। खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार रहेको बताइएको छ।

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्।

२०६५ सालमा श्रेष्ठको अपहरणपछि हत्या भएको थियो। २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो। २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ३० बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ