८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार



कजाकस्तान । तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ ।

मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ । कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, “उद्धार कार्य जारी छ । छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ ।”

मन्त्रालयले रुसको सीमामा रहेको उत्तर र पूर्वका पाँच क्षेत्रमा स्थिति ‘जटिल’ रहेको भन्दै ५० बस्तीसँग सडक सम्पर्क विच्छेद भएको बताएको छ ।

कजाख राष्ट्रपति कासिम-जोमार्ट टोकायेभले बाढीका लागि तयार नभएकामा सोमबार सार्वजनिकरूपमा सरकारी अधिकारीहरूलाई गाली गरे । “विज्ञहरूको कमीका कारण पूर्वानुमानको काम पूर्णतः अनुपस्थित थियो”, उनले भने, “स्थानीय नेताहरूले योजनाबद्ध तरिकाले बाढी नियन्त्रणको उपाय गरेका भए मौसमको अवस्थालाई ध्यानमा राख्दा पनि विपद्को नतिजा र मापन कम हुनसक्थ्यो ।”

प्रधानमन्त्री ओल्जास बेक्टेनोभले मङ्गलबार बाढीबाट प्रभावितहरू पहिला कहिले पनि प्रभावित नभएको बताए । उनले प्रभावित क्षेत्र खाली गर्ने आह्वानको विरोध नगर्न नागरिकहरूसँग आग्रह गरे ।

आपत्कालीन मन्त्रालयले जारी गरेको भिडियो फुटेजमा मानिसहरूको उद्धार गरिनुका साथै बढ्दो पानीमा फसेका ऊँटहरूलाई रबरको डुङ्गामा लैजाँदै गरेको देखाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ०७ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत