३ माघ २०८१, बिहिबार | January 16, 2025

गुल्मीको कालिगण्डकी गाँउपालिकामा कर्मचारीको कुर्सी हुन्छ मान्छे हुँदैनन्



गुल्मी । सरकारी कार्यालयको काम सम्झनुपर्छ, तत्कालै ज्वरो आएजस्तो हुन्छ । नहोस पनि कसरी ? लामो बाटो हिडेर सेवा लिन पुग्दा कोही भेटिन्न, भेटिन्छन त कुर्सीहरु मात्रै । यस्तै हाल छ गुल्मीको कालिगण्डकी गाउँपालिकाको ।

गाउँपालिकाको कार्यालय पूर्तिघाटमा कार्यालय समय १० बजे कर्मचारी होइन कुर्सी मात्र हुन्छन । देशमा संघीयता पश्चात सिंहदरबारका अधिकार गाउँ गाउँ आएको भएपनि जनताका अधिकार होइन भुरे राजा र कर्मचारीको मनपरीतन्त्र हाबी भएको तथ्यलाई यो दृष्यले उजागर गरेको छ । सिंहदरबार होइन, यहाँ सिंह मात्र आएका हुन भने जस्तो तितो यथार्थ पनि देखिएको छ ।

कालीगण्डकीमा कर्मचारीको मनोमर्जीसँगै निर्बाचित जनप्रतिनिधिको अबैध शासन चल्ने गरेको छ । अबैध शासनभित्र गैरकानुनी निर्णय हुने गरेका छन् । शिक्षक सेवाको रिजल्ट पश्चात् बिस्थापित बनेका शिक्षकहरुलाई बिज्ञापन प्रकाशित नगरी अबैध नियुक्ति दिइयो । जस्ले कालीगण्डकीमा बिधिको शासन होइन, भुरे राजा रजौटाहरुको मनपरितन्त्र हाबी भएको तथ्य उजागर गर्यो ।

कालीगण्डकी गाउँकार्यपालिकाका कर्मचारी कार्यालय समय १० बजे अनुपस्थित हुने गरेको तथ्य बाहिरिएको हो । चैत्र १३ र १४ गते दुई दिन निग्रानी गर्दा यस्तो तथ्य भेटिएको हो । बिहानको ठिक १० बजे कार्यालय समयमा विभिन्न शाखाका कर्मचारी अनुपस्थित भएका हुन् । राजनतिक संरक्षणको आडमा कालीगण्डकीमा कर्मचारीको दादागिरी चल्ने गरेको समेत देखिएको छ । सेवाग्राहीको बिशेष अनुरोधमा दुई दिनसम्म गरिएको निगरानीमा यस्तो तथ्य भेटिएको हो । तर पालिकाका जिम्मेवार अधिकारीहरु भने सत्यलाई पनि हाकाहाकी ढाकछोप गर्न तल्लिन देखिए ।

चैत्र १३ र १४ गते कार्यालय समयमा छड्के निगरानी गर्दै कार्यालय प्रबेश गर्दा पशु सेवा शाखा, स्वास्थ्य शाखा, महिला बालबालिका तथा जिन्सी शाखा, लेखा शाखा, सूचना प्रबिधि शाखा, शिक्षा शाखा, योजना तथा प्रशासन शाखा, प्रशासकीय अधिकृतको कार्य कक्षमा कुर्सी मात्र थिए । चैत्र १३ गते बिहान १० बजे प्राबिधिक शाखाका इञ्जिनियर सत्यनारायण राय, दिलिप आउजी र लेखा शाखाका आन्तरिक लेखा परीक्षक साहायक गोबिन कार्की मात्र उपस्थित भेटिए ।

चैत्र १३ र १४ गते योजना शाखा प्रमुख चोकबहादुर श्रीस तालिमको लागि राजधानी गएकाले अनुपस्थित रहेको जानकारी दिइयो । सूचना अधिकारी ओम थापा बिदामा बसेको पाइयो । प्राबिधिक साहायक संगीता जिसी र ईमप्लोयमेन्ट कोअर्डिनेटर यमबहादुर थापा अनुपस्थित भेटिए । स्वास्थ्य शाखा प्रमुख चन्द्र थापा १४ गते बिदामा रहेपनि १३ गते १० बजे कार्यालय समय १० बजे त के ११ बजेसम्म पनि भेटिएनन् । उनी केही घण्टा पश्चात कार्यालय आएर हाजिर गरी टाप कसे ।

हाम्रो टीम १३ गते पुनः केही घण्टापछि कार्यालयमा प्रबेश गर्दा केही शाखामा कर्मचारी उपस्थित रहेका थिए । शिक्षा शाखा प्रमुख अग्निधर पराजुली उपस्थित थिएनन । सूचना प्रबिधि शाखाभित्र कम्प्युटर अपरेटर ऋषिराम राना १० बजे र केहि घण्टापछि पनि कार्यालयमा अनुपस्थित थिए । १४ गते ठिक समयमा कार्यकक्षमा उपस्थित नभएपनि राना कार्यालयको पहिलो कक्षमा कार्य गर्दै गर्दा भेटिए ।

यस्तै पशु सेवा शाखामा राजेन्द्र न्यौपाने, लेखा शाखामा होबनाथ न्यौपाने, महिला बालबालिका तथा जिन्सी शाखामा सरस्वती पुन, शिक्षा शाखामा अग्निधर पराजुली, स्वास्थ्य शाखा चन्द्र थापा,सुचना प्रबिधी शाखामा कर्मचारिको तस्बिर मात्र झुण्डिरहेको थियो । प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी पनि कार्यालय समयमा दुई दिन नै अनुपस्थित भेटिए । सरकारले बिहान ठिक १० बजे देखि बेलुकाको समय अनुकुल चार वा पाँच बजेसम्म कर्मचारी कार्यालयमा बस्नुपर्ने कार्यालय समय तय गरेको छ ।

यसतै चैत १४ गते कार्यालय समय बिहानको १० बजे प्राबिधिक शाखाका ईन्जिनिएर सत्यनारायण राय, दिलिप आउजी, कृष्णबहादुर समाल, प्रविनकुमार राय, सब इन्जिनिएर तुलसीकुमार चौधरी शिक्षा शाखामा शिक्षा प्रशासन सहायक सुन्दर आले, सूचना प्रबिधि शाखामा तिलक थापा मात्र उपस्थित भेटिएका थिए । अन्य सम्पूर्ण शाखामा कुर्सी मात्र भेटियो ।

सेवाग्राही मर्कामा नपरे यस्तो सामान्य विषयले खासै महत्व नराख्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले कर्मचारी अभावले गर्दा बिहानदेखि रातको १० बजे सम्म पनि कार्यालयमा कर्मचारीले काम गर्ने गरेको बताए । गाउँकार्यपालिकाका कर्मचारी कार्यालय समयमा अनुपस्थित भएकोबारे गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले अस्वीकार गरे । उनले गुल्मी जिल्लामै कालिगण्डकीका कर्मचारी २४ घण्टा काम गर्ने र कर्मचारी कार्यालयमा उपस्थित हुने आ–आफ्नो समय भएको बताए ।

हामीले छड्के निगरानी गर्दै गर्दा अध्यक्ष थापा कार्यालय आइपुगेका थिए । लेखा शाखा, योजना शाखा, शिक्षा शाखा, जिन्सी शाखा, सूचना प्रबिधि शाखा, स्वास्थ्य शाखा, पशुसेवा शाखामा कर्मचारी नभएको तर केही समयमा आउने उनले जानकारी गराए । तर घण्टौंसम्म कर्मचारी कार्यालयमा उपस्थित भएनन् । कर्मचारी कार्यालय समयमा उपस्थित हुनुपर्ने उपाध्यक्ष मन्जु कुमारी दर्लामीले बताइन् । कालीगण्डकीमा कर्मचारी कार्यालय समयमा अनुपस्थित भएकोबारे सम्बन्धित निकाय निर्बाचित जनप्रतिनिधिको अभिब्यक्ति गैरजिम्मेवार पाइयो । जनता टाइम्सबाट साभार

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ३६ बजे

सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन – सातामा २ दिन पार्टी कार्यालय पुग्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै

लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले