१२ असार २०८३, शुक्रबार | June 26, 2026

परराष्ट्रमन्त्री श्रेष्ठले संसदमा दिए चीन भ्रमणको जानकारी



काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिदो दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।

उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क निस् शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिएका थिए ।

साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : ०४ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३