२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग २१ रनले पराजित



काठमाडौं । आयरल्याण्ड वोल्भ्सले विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल ‘ए’ २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो ।

नेपाल ‘ए’ का लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : ०९ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा