२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज कारागारमा रहेका एक थुनुवाको मृत्यु



नेपालगन्ज । नेपालगन्ज कारागारका बन्दी जीवन बिताइरहेका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । कारगारमा रहेका नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको हो ।

जोलाहाको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले जानकारी दिए । आज (बुधबार) विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जेलर शाहले बताए ।

उनका अनुसार मृतक जोलाह तीन महिना अघि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतद्धारा पुर्पक्षका लागि कारागारमा पठाएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ५४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति