१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए पदबाट राजीनामा



सुर्खेत । नयाँ सत्ता समिकरणको निर्णय विपरित अडान लिँदै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । कर्णाली प्रदेशको सरकारको नेतृत्व एमालेलाई दिने नयाँ समिकरणको निर्णय विपरित प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा जुटेका मुख्यमन्त्री शर्माले अन्तिममा आएर राजीनामा दिएका हुन् ।

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरे । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ५७ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद