२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एसइईमा अनलाईन चिट चोराउने विद्यालयका प्रिन्सिपल सहित ५ जना पक्राउ



नेपालगन्ज । सूचना प्रबिधिको विकाससँगै परीक्षामा चिट चोर्ने कार्यमा पनि सूचना प्रबिधिको प्रयोग हुन थालेको छ । जारी मंगलबारको एसइई परीक्षामा बाँकेमा सूचना प्रबिधीको प्रयोग गरि चिट चोराउने गिरोहका ५ जना प्रशासनको फन्दामा परेका छन् ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र अनलाईनको माध्यमबाट बाहिर पठाउने र बाहिरबाट सामाजिक सञ्जालको प्रयोग गरि उत्तर लेखेर परीक्षार्थी सम्म पुर्‍याउने गिरोहलाई प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । अनलाईन चिट चोराउने कार्यमा विद्यालयका प्रिन्सिपल आफै संलग्न रहेको फेला परेको बाँके प्रशासनले जनाएको छ । सूचना प्रबिधिको माध्यमबाट चिट चोराउने लोटस इंग्लिश मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार पक्राउ पर्नेमा सोही बिद्यालयका पार्ट-टाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सिका संचालक ईर्फान अलि मिकरानी सहित दिलिप बिक र संतोष नेपाली रहेका छ्न् ।

पक्राउ परेकाहरुले कन्सल्टेन्सिबाट मोबाइल प्रयोग गरि प्रश्न पत्र आउट गराउने र उत्तर तयार गरि व्हाट्स एप मार्फत बिद्यार्थीलाई पठाउने गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रजिअ पोखरेलले बताए । प्रशासनको टिमले कन्सल्टेन्सिबाट मोबाइल- ५ थान , ल्यापटप- १ थान , गाईड, सोलुसन , केही मोबाइल नम्वर उल्लेख भएको कागज बरामद गरेको छ । लोटसका शिक्षक अफ्ताव लगायतले मोबाइल नम्बर ९८०४५४४१७६ बाट २७ जनाको वाट्सएप ग्रुप बनाएर समुहगतरुपमा उत्तर पठाउने कार्य गरेको पोखरेलले बताए । परिक्षालाइ मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष सहितको टिमलाई परिवर्तन गरिएको उनले बताए ।

पक्राउ परेकी कन्सल्टेन्सीकी कर्मचारी स्नेहा चौधरीलाई भने सोधपुछ गरि छाडिएको र ५ जना उपर अनुसन्धान भैरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : ३३ बजे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि