२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिंदै



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिंदै छन् । आज दिउँसो ४ बजे प्रदेश सभा भवनमा बोलाइएको प्रदेशसभाको बैठकबाट चौधरीले विश्वासको मत लिने भएका हुन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार दिउँसो ४ बजे प्रदेशसभाको चौथो अधिबेसन सुरु हुने र सभाबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते माओवादी केन्दै सहितका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित मुख्यमन्त्री चौधरीलाई काँग्रेस – माओबादी गठबन्धन भत्किएसँगै नेकपा माओवादी केन्द्रले दिएको समर्थन फागुन २३ गते फिर्ता लिएको थियो ।

मुख्यमन्त्री चौधरीले आफ्नो पक्षमा विश्वासको मत जुटाउन साना दलहरुसँगको छलफललाई तिब्र पारेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीयदलका नेता जोखबहादुर महराले आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबी गर्दै आएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद निलम्बित अवस्थामा रहेका कारण प्रदेशसभामा ८६ सदस्य मात्रै बाँकी छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ४९ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि