२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

ऋषव पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ ।

गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु अर्थात ३८ लाख ४० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको हो ।

यसअघि चेन्नई सुपर किंग्सविरुद्धको खेलमा पनि ऋषवलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो । तर यो सिजनको पहिलो गल्ती भएकाले १२ लाख जरिवाना गरिएको थियो ।

पन्त बाहेक यस खेलमा प्लेइङ-११ मा रहेका दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयर समेत रहेका खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ । विशाखापट्टनममा सम्पन्न सो खेलमा दिल्ली कोलकोतासँग १०६ रनको फराकिलो अन्तरले हार बेहोरेको थियो ।

यस आईपीएलमा यस अघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको छ । उनलाई चेन्नई सुपर किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ३१ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,