२ पुस २०८२, बुधबार | December 18, 2025

ऋषव पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ ।

गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु अर्थात ३८ लाख ४० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको हो ।

यसअघि चेन्नई सुपर किंग्सविरुद्धको खेलमा पनि ऋषवलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो । तर यो सिजनको पहिलो गल्ती भएकाले १२ लाख जरिवाना गरिएको थियो ।

पन्त बाहेक यस खेलमा प्लेइङ-११ मा रहेका दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयर समेत रहेका खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ । विशाखापट्टनममा सम्पन्न सो खेलमा दिल्ली कोलकोतासँग १०६ रनको फराकिलो अन्तरले हार बेहोरेको थियो ।

यस आईपीएलमा यस अघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको छ । उनलाई चेन्नई सुपर किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल