८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायीबीच नगद रहित भुक्तानी प्रणालीको सम्झौता



पोखरा । गण्डकी ट्याक्सी ब्यबसायी प्रा.लि. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्तगर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक लि. र गण्डकी ट्याक्सी व्यवसाय प्रा.लि. बीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंक लि. का गण्डकी प्रदेश, प्रमुख व्यबसाय केन्द्र अधिकृत श्री शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत श्री राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसायी प्रा लिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्यु आर मार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानीगर्न सकिने व्यवस्था मिलाईएको छ । गण्डकी ट्याक्सी ब्यबसायी प्रा.लि. मा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरुउपलब्ध गराईएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई सो सुबिधा उपलब्ध गराईने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

उक्त कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : २१ बजे

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा