२ पुस २०८२, बुधबार | December 18, 2025

रुपन्देहीमा चैत्र २९ र ३० गते अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने



भैरहवा । रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी चैत्र २९ र ३० गते रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।

तेस्रो एमजिके अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक संस्था जापान गोजिरियो डो मिसन एशोसियनस नेपालका केन्द्रीय प्रशिक्षक केबि रानाले जानकारी दिए ।

शुक्रबार मंगलापुरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा भारत, भुटान र नेपालका साढे ३ सय खेलाडीहरु सहभागी हुने जानकारी दिए । मंगलापुरको बगैचामा हुने उक्त प्रतियोगितामा महिला र पुरुषहरुको अलग अलग उमेर समूह र तौल समूहबीच प्रतिसपर्धा गराईने छ । प्रतियोगितामा करातेको काता र कुमूते विधामा खेल हुने आयोजकले जनाएका छन ।

पहिलो एमजिके अन्तराष्ट्रिय कराते कोभिढ अगाडी र दोस्रो गत बर्ष रुपन्देहीको तिलोत्तमा नै भएको थियो । गत बर्ष नेपाल प्रथम, भुटान सेकेन्ड र भारत तेस्रो भएको थियो ।

उक्त कार्यक्रमको लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सीले बताए । राखेप रुपन्देहीका पुर्व अध्यक्ष समेत रहेका के.सीले प्रेम, अहिंसा कायम कराते खेलको महत्व अति हुनै बताए । उनले नेपालको परिप्रेक्ष्यमा गोजुरीयो कराते अत्यन्तै रहेको समेत बताए ।

प्रतियोगितामा विभिन्न तौल समूहको प्रतियोगिता हुने आयोजकले बताएका छन् । जुनियर तर्फ ९ बर्ष उमेर समूहको केटा र केटिको २० किलो तौल समूह, २५ किलो, २९ किलो र ३३ किलो तौल समूहबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १० देखि १७ वर्ष उमेर समूहमा केटाको ३५ केजि, ४० केजी, ४५ केजी, ५० केजि र ५५ केजी तौल समूहबीच प्रतिसपर्धा हुनेछ । यसैगरी केटी तर्फ ३५ केजी, ४० केजि, ४५ केजि, ५० केजि र ५५ केजि तौल समूहबीच प्रतिस्पर्धा हुने छ ।

यसैगरी सिनियर तर्फ १८ बर्ष माथिको कुमूते र काता प्रतियोगिता हुने आयोजकले जनाएका छन् । केटाहरुको ५० केजि, ५५ केजि, ६० केजि, ६७ केजि, ७५ केजि र ८४ केजि तौल समूहमा प्रतिसपर्धा गराईनेछ । यसैगरी केटि तर्फ ४५ केजि, ५० केजि, ५५ केजि, ६१ केजि, ६८ केजि र ६८ केजि उमेर भन्दा बढीको समूहबीच प्रतिसपर्धा गराईने आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल