२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा समृद्धी एकेडेमी उद्घाटन



बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-४ अमरपथस्थित सिंह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ । बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो ।

हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै मानवीय संसाधन बिकासमा उपमहानगरले कार्यक्रमहरु गर्दै आएको बताए ।

उनले अहिलेको मन्दीको अवस्थामा गरेको लगानीलाई बुटवलले जोगाउनको लागि आवश्यक सहकार्य गर्ने आश्वासन दिए ।

उनले अहिले शिक्षा मात्रै भएर रोजगारी नपाएको अवस्थामा यो पेसा सिकेमा देश तथा बिदेशमा रोजगारीको लागि सहजता हुने भएकोले यस्ता क्षेत्रमा निजि क्षेत्रले लगानी गरेमा उपमहानगरले आवश्यक सहयोग गर्ने बताए ।

ठाकुरको ३० लाख एकल लगानीमा उद्घाटन भएको एकेडेमीमा एकै पटक ४० जना सम्म सिकाउन सकिने सञ्चालक ठाकुरले बताए। एकेडेमीमा प्रत्यक्ष ५ जना जनशक्तिलाई रोजगारी दिएको बताए ।

एकेडेमीमा २० हजार देखि १ लाख ५ हजार सम्मका कोर्सहरु रहेको बताउदै उनले नयाँ वर्षमा २० प्रतिशत छुटको ब्यवस्था रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष महेशमान सिंह, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, सौन्दर्य कला व्यवसायी संघ रुपन्देहीका अध्यक्ष आसु गुरुङ, अग्रज ब्युटीसियन मिना प्रधान, पूजा पन्थी लगायतले बोल्दै स्वरोजगरामुलक पेसामा लगानी गरेको भन्दै शुभकामना व्यक्त गरे ।

समृद्धि सलोन तथा एकेडमीका बुटवल, मणिग्राम, बर्दघाट, जितपुर, पोखरा गरि ५ शाखा छन भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन ।

बढीले प्रत्यक्ष रोजगारी पाएका छन ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ४८ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको