७ चैत्र २०८२, शनिबार | March 21, 2026

नियमित तर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकतर्फको चालू



भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

आजसम्मको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको र केही छिटफुट घटनाबाहेक अन्य गम्भीर कुनै घटना नभएको उनले बताए । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालू रहेको उनले जानकारी दिए ।

परीक्षा नियन्त्रक पौडेलले भने, “साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।”

परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उनले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरेको जानकारी दिए ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फाराम भरेका थिए । कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने बताउँदै सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताए । परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन मौका परीक्षामा सहभागी हुनुपर्ने जनाए । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा स्तरवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ९ : ३४ बजे

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा