२० बैशाख २०८१, बिहिबार | May 2, 2024

दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा शुभारम्भ



बुटवल । दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा शुभारम्भमा आएको छ । करिब १४ करोडको लागतमा दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को कालिकानगरमा शनिबारदेखि औपचारिक शुभारम्भ भएको हो ।

सन् २०११ मा काठमाडौंको बसुन्धराबाट सुरु भएको दियालो फूडल्याण्डको बुटवलमै भने यो दोस्रो शाखा हो । यस अगाडी बुटवलको मिलनचोकमा शाखा सञ्चालन भईरहेको छ ।

कालिकानगर शाखाको शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले आर्थिक क्षेत्रमा देखिएको निरासा र अन्यौलताका बिचमा पनि भईरहेको लगानीले आशाको दीयो बालेको बताए । उनले निर्माणाधिन सडक लगायतका पूर्वाधार सम्पन्न हुदा त्यसले बुटवलको भविष्यको सुनिश्चितता गर्ने भएकाले हतोत्सायित नभई अहिलेको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

दियालो फूडल्याण्ड कालिकानगरमा यस क्षेत्रका ३२ जना उद्योगी व्यवसायीहरुको १४ करोड लगानी रहेको छ । दियालो फूड ल्याण्ड कालिकानगरका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठका अनुसार यो शाखामा ८ सय जना क्षमताको वातानुकुलित व्याङ्क्विट हल, ५० जना क्षमताको ३ वटा वातानुकुलित मिटिङ हल, रेष्टुरेन्ट, खुल्ला पार्किङ, गार्डेन, चिल्ड्रेन जोन रहेको छ । त्यस्तै २ हजार ५ सय जनासम्मको विवाह लगायतका पाटीका कार्यक्रम गर्न सकिने प्रवन्ध निर्देशक शंकर न्यौपाने बताए । यसले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

काठमाण्डौको बसुन्धरामा सन् २०११ मा पहिलो शाखा स्थापना गरिएको दियालो फूडल्याण्डको योसंगै पाँच वटा शाखा पुगेको छ । त्यस्तै काठमाडौंकै सेजपत्ती, चितवन, बुटवल मिलनचोक र कालिकानगरमा समेत गरी पाँचौ शाखा पुगेको दियालो फूडल्याण्ड काठमाडौंका अध्यक्ष माधव पाण्डेले बताए । उनका अनुसार दियालो फूडल्याण्डका देशभरका पाँच शाखामा १ अर्ब बढी लगानी भएको छ । त्यस्तै तीन सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : १० बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य