२ भदौ २०८३, मंगलबार | August 18, 2026

फोहर फाल्न अवरोध गर्ने क्रममा नियन्त्रणमा लिइएकाहरु रिहा



काठमाडौं । फोहोर फाल्न अवरोध गर्ने क्रममा आज विहान पक्राउ परेका १३ जना रिहा भएका छन् ।

बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आज बिहान फोहर बोकेर गएका टिपरलाई रोकपछि बञ्चरेडाँडाबाट उनीहरुलाई नियन्त्रणमा लिएको र अहिले सबैलाई छाडिएको छ ।” काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी दिनभरि प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको थियो ।

समितिले गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ११ बुँदे माग पेस गरेको थियो । ती माग सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर बिसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : २६ बजे

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको

प्रतिनिधिसभा बैठकमा आज चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको