२ पुस २०८२, बुधबार | December 18, 2025

आइपिएल : राजस्थानद्वारा बैंगलुरु ६ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को शनिबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । बैंगलुरुले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानलाई विजयी बनाउन ओपनर जस बटलरले शतकीय पारी खेले उनले ५८ बलमा ९ चौका र ४ छक्कासहित १०० रन बनाएर अविजित रहे ।

यस्तै राजस्थानका कप्तान सञ्जु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलुरुले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो। विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रन बनाए । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ३७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल