१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु, दोश्रो चरणमा १६८ जनाले प्रतिष्पर्धा गर्दै



बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्णेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप बुद्धिचाल खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै ईष्ट ईन्डिया कम्पनीको शैन्य समूहसंग सामान्य हतियार बोकि युद्ध गरेर बिजय प्राप्त गरेका कर्नेल उजिन सिंह थापाको सम्मानमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएको बताए ।

उदघाटन समारोहमा प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानले लामो समयपछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुनः सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा न्यानो आतिथ्यता प्रदान गरेको जानकारी गराए । उनले प्रतियोगिताका उपाधी विजयी खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए । त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौंं स्थानसम्म र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनका अनुसार पहिलो चरणका खेलमा टप सिडेड बंगलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्ण थापा, भारतका डब्लू एफएम ब्रिष्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे, एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत संगै १/१ अंक जोड्न सफल बनेका छन् ।

अन्य प्रतिस्पर्धा मार्फत जित हासिल गर्नेमा बुटवल निवासी नेपालका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव, सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १/१ अंक बनाई राम्रो शुरुवात गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कोलोनेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग सिप्टममा खेल खेलाइने छ । चैत २३ गते शुरु भई २७ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट अंक हुनेहरु विच प्रतिस्पर्धा गरि विजेताको छनौट गरिने उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : १५ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट