१ असार २०८३, सोमबार | June 15, 2026

बुटवलमा कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने



बुटवल । यही चैत २४ देखि बुटवलमा कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघको आयोजनामा यहि चैत २४ देखि २७ गतेसम्म कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी हुनको लागि नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, अमेरिकाबाट गरी अहिलेसम्म ११७ जनाले नाम दर्ता गराईसकेका प्रतियोगिता संयोजक माधवप्रसाद प्रधानले जानकारी दिए ।
प्रतियोगितामा ४ सय जनासम्मलाई सहभागी गराउन सकिने बुटवल उपमहानगरपालिका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले जानकारी जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनको लागि रुपन्देही जिल्लाका खेलाडीलाई ३ हजार रुपैंयाँ दर्ता शुल्क निर्धारण गरिएको गरिएको छ । त्यस्तै रुपन्देहीका विद्यार्थीलाई २ हजार रुपैंयाँ, रुपन्देही बाहेककालाई ७ हजार रुपैंयाँ र नेपाल बाहिरका खेलाडीलाई १० हजार रुपैंयाँ दर्ता शुल्क निर्धारण गरिएको बुटवल उपमहानगरपालिका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले बताए ।

नेपालमै अहिलेसम्मकै अत्यधिक राशी पुरस्कार रहेको यो प्रतियोगितामा क्याटागोरी अनुसार ५१ जना सहित ७१ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वित्तीय हुनेलाई १ लाख १० हजार रुपैंयाँ, तृतीय हुनेलाई ६० हजार, चौथो हुनेलाई ४० हजार, पाँचौं हुनेलाई ३० हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तैगरी छैठौंदेखि दशौंसम्म आउनेलाई २० हजार, एघारौंदेखि १५ औंसम्म आउनेलाई १५ हजार र १६ औं देखि २० औं स्थानसम्म आउनेलाई १३ हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिष ढकालले बताए । त्यस्तैगरी विधागत रुपमा २० वटा विधामा खेल खेलाईने छ । विधागत रुपमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । विधागत रुपमा २० जनालाई ५१ हजार देखि १० हजार रुपैंयाँ सम्म पुरस्कार प्रदान गरिने छ । यो प्रतियोगितामा कुल १० लाख १ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ४६ लाख रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । जसको लागि बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैंयाँ प्रदान गरेको छ भने १५ लाख रुपैंयाँ खेलाडी दर्ताबाट संकलन हुने र बाँकी रकम प्रयोजक तथा सहयोग संकलन गरी प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष पुनले बताए । पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बोनिन पिया, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनु यस क्षेत्रका लागि गैरवको कुरा भएको बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : २९ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा