४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भारतका ब्रेन मास्टर खेलाडी सुधिर कुमार सिन्हाले जिते अन्तराष्ट्रिय बुद्धिचालको उपाधी



बुटवल । अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा पाँच दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका बेलबास-१३ मा सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड खेलाडी सुधिर कुमार सिन्हा प्रथम भएका छन् ।

सिन्हाले पुरा खेल अपराजित रहँदै आकर्षक ट्रफि सहित नगद रु. २ लाख १ हजार प्राप्त गरेका छन् । यससँगै सो प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल दोश्रो स्थानमा चित्त बुझाउन बाध्ये बनेका छन् । रुपेशले ८ अंकमै रहेर पनि अपराजित रहँदै नगद पुरस्कार रु.१ लाख १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानका अनुसार डाइरेक्ट इन्काउण्टर, प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीहरुको नतिजावाट प्रभावित हुनु परेको छ । सुधिरसंग दोश्रो वोर्डमा खेलिरहेका कृष्ण थापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्कापक्कि थियो । उक्त खेलमा कृष्ण थापाले कालो गोटीवाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए ।

दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे । २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो । तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे जसको तुरुन्त फाइदा लिदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजित आत्मसाथ गरे ।

उता तेस्रो वोर्ड सजिन महर्जन र सुरज महर्जन बिच घमासान चलिरहेको थियो । सजिनले जिते रुपेशको पहलो हुने आश थियो । सेतो गोटिवाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स, नाइट सि सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो । सजिनले २१ औं चालमा प्रोटेक्सनमा रहेको इफो पाउन इफाइभमा सित्तै बलिदान दिए र बराबरी नै देखिने खेलको २३ औं चालमा परित्याग गरे । उनी आफु जिते तेश्रो हुने थियो । तर भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेश्रो स्थानमा उभिदै नगद रु. ६० हजार हात पार्न सफल बने।

प्रतियोगितामा नेपालका तिर्थ बिकले चौथो स्थान हासिल गरि रु. ४० हजार र भारतका रिशव निशादले पाँचौ स्थान रु. ३० हजार पुरस्कार जितेका छन् । छैटौं देखि दशौं स्थानसम्मका राघव श्रीवास्तव, कृष्ण थापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषी प्रत्येकले २०/२० हजार प्राप्त गरेका छन् ।

त्यसैगरी एघारौंदेखि पन्ध्रौंसम्मका वृष्टि मुखर्जी, मिथिलेष श्रीवास्तव, आशिष फूँयाल, विनायक र पुरुषोत्तम चौलागाईं प्रत्येकले १५/१५ हजार नगद प्राप्त गरेका छन् । एवं सोह्रदेखि बिसौ स्थानमा एम.डि.जमाल उद्दिन, आशुतोष, दिलिप त्रिपाठी, रोशन कुमार र संजय काफ्ले प्रत्येकले १३/१३ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

आजै भएको पुरस्कार वितरण एवं समापन समारोहका प्रमुख अतिथि बुटवल उप महानगरपालिकाका मेयरले खिलराज पाण्डेले ७१ जना खेलाडीहरुलाई जम्मा १० लाख १ हजार नगद पुरस्कारवाट सम्मान गरेका छन् । मेयर खिलराज पाण्डेले कर्णेल उजिर सिंहको नाममा हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रमका संयोजक माधवप्रसाद प्रधानले अन्तर्राष्ट्रिय आर्विटर सहित सिनियर राष्ट्रिय आर्विटरहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : १५ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको