२० मंसिर २०८२, शनिबार | December 6, 2025

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ‘ए’ को लगातार तेस्रो हार



काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।  एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।

नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ‘ए’ का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : २८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले