२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

गुजरातमाथि लखनउको शानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपरजायन्ट्‌सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ । खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटिएको थियो ।

लखनउको जितका लागि बलर यश ठाकुर र क्रुनाल पाण्ड्याको महत्वपूर्ण योगदान रह्यो । ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए । उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए ।

गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । कप्तान शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए । दर्शन नलकन्डेले १२ रन बनाउँदा अन्यले दोहोरो अङ्क नै छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए ।

उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए । आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए । गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए ।

४ खेलमा गुजारतको तेस्रो जीत हो । टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २८ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा