२९ भदौ २०८३, सोमबार | September 14, 2026

एकता अधिवेशनबाट भन्सार एजेन्ट संघको अध्यक्षमा मधु प्रसाद पन्थी निर्वाचित



भैरहवा । प्रतिनिधिसभा सदस्य तथा एमाले नेता बासुदेव घिमिरेले आम नागरिक र उद्योगी व्यवसायी एक भएर काम गरेमा धेरै प्रभावकारी नतिजा निस्कन सक्ने बताएका छन् । भैरहवामा भन्सार एजेन्ट संघ र राष्ट्रिय भन्सार एजेण्ट परिषद, रुपन्देहीको २५ औ साधारणसभा तथा ११ औ एकता अधिवेशनलाई सम्बोधन गर्दै उनले व्यवसायी र आम नागरिकबीच मैत्रीपूर्ण सम्बन्ध हुन जरुरी रहेको बताए ।

निकासी पैठारी, आयत निर्यातको ब्यापारमा सबैभन्दा महत्वपुर्ण भूमिकामा रहने भन्सार एजेन्टको पेशा सम्मानित पेशा भएको समेत तर्क गर्दै सांसद घिमिरेले भने, ‘भन्सार एजेन्टको पेशा सम्मानीत र अत्यन्तै जिम्मेवारीमा रहेको पेशा हो ।’

कार्यक्रममा बोल्दै भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सारका प्रक्रिया सहज गराउन र एजेण्टहरुसँग सहकार्य गर्न आफु सकरात्मक रहेको बताए ।

अधिवेशनबाट मधु प्रसाद पन्थी पुनः अध्यक्षमा चयन भएका छन् । अधिवेशनबाट पन्थीको नेतृत्वमा नयाँ १७ सदस्यिय कार्यसमिति बनेको छ ।

निर्वाचनको परिणाम अनुसार अध्यक्षमा मधुप्रसाद पंथी, बरिष्ठ उपाध्यक्षमा हिरालाल धोवी, प्रथम उपाध्यक्षमा ओमप्रकाश गिरी, द्वितिय उपाध्यक्ष सत्य नारायण चौधरी, तृतिय उपाध्यक्ष बाके प्रसाद मेडिहार, महासचिवमा विष्णुप्रसाद भुषाल, कोषाध्यक्ष प्रकाश पौडेल, सचिवमा गोविन्द रेग्मी र कार्यसमिति सदस्यहरुमा जिवलाल भण्डारी, विपीन पराजुली, रुक्मांगत खनाल, सिता सापकोटा, अशोक शर्मा, हिमा कुमारी शर्मा निर्वाचित भएका छन् । निर्वाचित समितिले सुमन पन्थ र राम प्रसाद आचार्यलाई सदस्यमा मनोनित गरेको छ ।

नव निर्वाचित अध्यक्ष मधुप्रसाद पन्थीले भन्सार एजेन्टको हकहितकालाई विगत देखि लड्दै आएको र निरन्तर लागि रहने जानकारी दिए । भैरहवा भन्सार कार्यालय नेपालकै दोस्रो ठूलो भन्सार कार्यालय हो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ४५ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका