१९ बैशाख २०८१, बुधबार | May 2, 2024

लन्डन म्याराथनमा छानिएका पार्कीको नेपालगञ्ज म्याराथनद्वारा विदाई



काठमाडौं । धावक गोपीचन्द्र पार्की लन्डन म्याराथनमा भाग लिन शुक्रबार त्यसतर्फ जाने भएको छन्। वैशाख ९ गते हुने लन्डन म्याराथनका लागि लन्डन जाने तयारीमा रहेका पार्कीलाई नेपालगञ्ज म्याराथनले बुधबार विदाई गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे।

विदाइृका अबसरमा राखेप सदस्य सचिव गोपीलाई सफलताको शुभकामना दिए । पार्कीको हवाई टिकट राखेपले उपलब्ध गराउने घिसिङले जानकारी दिए । कार्यक्रममा चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको‌ ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए।

नवौं धारा नेपालगञ्ज म्याराथनको‌ उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए। नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा‌ सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ।

विदाई कार्यक्रममा बोल्दै आफुले तयारी राम्रो गरेकाले उत्कृष्ट नतिजाका लागि आशाबादी रहेको बताए।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १ : ५९ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी