२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

लन्डन म्याराथनमा छानिएका पार्कीको नेपालगञ्ज म्याराथनद्वारा विदाई



काठमाडौं । धावक गोपीचन्द्र पार्की लन्डन म्याराथनमा भाग लिन शुक्रबार त्यसतर्फ जाने भएको छन्। वैशाख ९ गते हुने लन्डन म्याराथनका लागि लन्डन जाने तयारीमा रहेका पार्कीलाई नेपालगञ्ज म्याराथनले बुधबार विदाई गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे।

विदाइृका अबसरमा राखेप सदस्य सचिव गोपीलाई सफलताको शुभकामना दिए । पार्कीको हवाई टिकट राखेपले उपलब्ध गराउने घिसिङले जानकारी दिए । कार्यक्रममा चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको‌ ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए।

नवौं धारा नेपालगञ्ज म्याराथनको‌ उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए। नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा‌ सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ।

विदाई कार्यक्रममा बोल्दै आफुले तयारी राम्रो गरेकाले उत्कृष्ट नतिजाका लागि आशाबादी रहेको बताए।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १ : ५९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य