२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तिलोत्तमाको जानकीनगरमा खुलेको चालिस करोडको ‘द क्राउन ईन’ सम्हादै २६ वर्षीय सान्तम थैव

खदामाला लगाएर विदेशिने युवालाई चुनौती दिँदै विदेशबाट नेपाल फर्केर पर्यटन उद्योगमा



बुटवल । युवाहरु देशमा काम नभको भन्दै हरेक दिन लाइन लागेर विदेशिएको समाचार आइरहेका बेला बुटवलका एकजना युवा भने विदेशमा पढाई सकेर नेपालमा उद्यम गर्न फर्केका छन् । खादा माला लगाउँदै विदेश उडेको र विदाई गरेका फोटोले सामाजिक सञ्जाल रङ्गीएका बेला बुटवलका सान्तम थैव भने नेपाली युवाहरुलाई नेपालमै रोजगारी दिने योजनाका साथ विदेशबाट नेपाल फर्केका हुन् ।

आर्थिक मन्दी, कोरोना महामारीको असर, बनेर पनि अन्तरराष्ट्रिय विमानस्थल नचलेको जस्तो कारण देखाएर व्यवसायीहरु पलायन भएको भन्ने हल्ला चलिरहँदा थाइल्यान्डमा व्यवस्थापन विषयमा स्नाकोत्तर गरी नेपाल फर्किएका २६ वर्षीय थैवले ४० करोड लगानीको ‘द क्राउन ईन’ होटलको नेतृत्व गर्न स्वीकार गरेका छन् । उनले चुनौतीलाई सहर्ष स्वीकार गर्दै पर्यटन उद्योगमा प्रवेश गरेको जनाएका छन् । ‘पछिल्लो समय नेपालीहरुमा आएको नकारात्मक चिन्तन र निराशाबादी सोँच बदल्ने उनको पहिलो सपना रहेको छ । नकारात्मक चिन्तनले नेपालीहरुमा निराशा बढेको पाएँ, उनले भने, ‘नेपालमा केही हुँदैन, खत्तमै छ, – भन्नेहरुका लागि पनि आफूले पर्यटन उद्योगमा प्रवेश गरेर केही नयाँ उदाहरण पेश गर्ने लक्ष्यसहित होटल संचालनमा ल्याइएको छ ।’

तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गसँगै जोडिएको २ कट्ठा क्षेत्रफलमा फैलिएको ‘द क्राउन ईन’लाई फरक शैलीमा संचालन गर्ने योजना सहित थैव पर्यटन ब्यवसायमा प्रवेश गरेका छन् । फरक शैली र फरक सत्कार सहितको स्वाद दिएर पर्यटन व्यवसायमा नयाँ आयाम थप्ने उनको सपना छ । नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो सम्भावना रहेको उनको ठम्याई छ । अन्य व्यवसायीहरुलाई समेत अहिले नै आत्तिन नहुने उनको सल्लाह छ ।

एकै पटक नाफा कमाउने भन्दा कम मूनाफमा दिर्घकालिन व्यवसाय गर्ने योजना बनाए व्यवसायलाई दिगोपन दिन सकिने थैवले बताए । ‘मूनाफा एकै पटकमा धेरै कमाउनेभन्दा पनि थोरै-थोरै तर धेरै पटक कमाउने सोँच राख्यौ भने हामी सफल हुन्छौं ।’ उनले भने ।

अरबौं लगानी भएका थुप्रै होटल ब्यवसाय तथा उद्योगधन्दा बन्द हुनुमा देशको कालपरिस्थिती मात्र जिम्मेवार नरहेको उनको तर्क छ । उद्योगी व्यवसायीले पनि समयानुकुल आफुलाई परिमार्जन गर्दै आउने चुनौतीको सामाना गर्ने रणनीति बनाउन सके लगानी नडुब्ने उनको आत्मविश्वास छ । पर्यटन उद्योगलाई चलाउन जाने कुनै हालतमा घाटामा नजाने उनको दाबी छ । आफु जन्मेको माटोमा केहि गर्नुपर्छ भनेर नेपाल फर्केर आएको बताउने उनले पर्यटन व्यवसायमा प्रवेश गर्नुका कारण बारे भन्छन्, ‘आफ्नो देशमा केही हुंदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाड्नुपर्छ ।’

सान्तवले नेतृत्व गरेको द क्राउन ईन ६ तले भवनमा बनेको छ । सेमि स्वीट, डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम रहेको होटलमा पाहुनाका लागि थ्री बी अन्तर्गत ‘वेस्ट बेड’, ‘वेस्ट बाथ’ र ‘वेस्ट ब्रोडब्याउण्ड’ अर्थात आरामदायी सुत्ने कोठा, सफा र उपयुक्त सुविधासहितको वासरुम सुविधा र हाई स्पीड इन्टरनेट सेवालाई प्राथमिकता दिइएको छ । थैवका अनुसार ‘थ्री एस’ अन्तर्गत वेस्ट सर्भिस, वेस्ट सेक्युरिटी र वेस्ट सेफ्टीलाई उच्च प्राथमिकता दिइएको उनले बताए । होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र ६० जना क्षमाताको रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र पर्याप्त पार्किङ सुविधा रहेको छ ।

पूर्णत बिजनेस होटेलको रुपमा रहेको द क्राउन ईनका सबै रुमहरुमा पाँचतारे होटेलको स्टाण्डर्ड मेन्टेन गरिएको, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरिएको सान्तमले बताए । स्थानीयदेखि राष्ट्रिय र वहुराष्ट्रिय कम्पनीका व्यवसायी, उद्योगी, कर्पोरेट सेक्टर, बैंकर तथा आन्तरिक र वाह्य पर्यटक सबैका लागि उचित दरमा उच्च गुणस्तरको सुविधासहित बास बस्ने गन्तब्य होटललाई बनाउन सकिने सान्तवले बताए ।

सान्तमको व्यवसायी बन्ने सपनालाई साकार रुप दिन सक्रियताकासाथ अग्रसर छन् उनकै बुवा अनन्त थैव । सान्तमले भने जस्तै एकैपटक महंगो होईन् दिगो बनाउनका लागि सुपथ मुल्यमा सेवा दिनुपर्ने मान्यता बुवा अनन्तले पनि लिएका छन् । होटल व्यवसायमा विकृतिहरु रहेको टिप्पणी गर्दै अनन्तले होटल व्यवसायीहरु नयाँ धारणासहित जानु पर्ने सुझाउँछन् । अनन्तले आफ्नो होटलमा पानीको पैसा ग्राहकले तिर्नु नपर्ने बताए । जलश्रोतको धनी देशले चिनिएको नेपालमा आफुले पानी बेचेर पैसा कमाउन नचाहेको उनको भनाई छ । होटलमा आउने पाहुनालाई पस्ने बित्तीकै स्वागतका नाममा मिनरल वाटर बेचेर पैसा लिने छैनौं ।’-अनन्तले भने ।

गएको माघदेखि सफट ओपनिङ भएको होटलको ग्राण्ड ओपनिङ भने २०८१ को पहिलो दिन अर्थात बैसाख १ बाट हुने सान्तवले जानकारी दिए । होटेलको प्रत्येक रुमबाट एकातर्फबाट बुटवल र अर्कोतर्फबाट तिलोत्तमादेखि भैरहवासम्मको मनोरम दृश्य देख्न सकिन्छ । होटल ब्यवस्थापनका अनुसार प्रत्येक रुममा फायर फाइटिङ् प्रविधि तथा प्रत्येक फ्लोरमा फायर एक्जिट प्रविधि रहेकोले ग्राहकहरुको सुरक्षाको ग्यारेन्टी गरिएको उनले बताए ।

प्राय होटलमा होटल सहित पार्टी प्यालेस र बैकेट पनि रहेको र ग्राहकहरु शान्त वातावरणमा बस्न नसकिरहेका बेला द क्राउन ईन होटलमा विवाह पार्टी ठूला गोष्ठी केही नहुने द क्राउन ईन जनरल म्यानेजर देवीलाल सोमैले बताए । द क्राउन ईन होटलमा बाह्रै महिना कोलाहल र हल्लाखल्ला मुक्त तथा शान्त वातावरण रहने दाबी गरिएको छ । ‘सबै रुममा साउण्ड पुफ प्रविधि राखिएकाले हाइवेतर्फका रुममा पनि गाडीको कुनै आवाज सुनिंदैन’ सोमैले भने ।

उनका अनुसार होटलमा भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन बनाइएको छ, जसले गर्दा शाकाहारी र मांशाहारी खानेहरु ढुक्कले आफ्नो रोजाईको खाना खान सक्ने छन् । यस्तै मुस्लिम समुदायलाई लक्षित गरेर हलाल खानाको पनि व्यवस्था रहेको छ । होटेलमा आफ्नै ब्राण्डको बेकरी क्याफे पनि रहेको छ । होटलमा न्यूनतम ४ हजारदेखि बस्ने कोठा उपलब्ध रहेका छन् भने नयाँ वर्ष तथा ओपनिङ अफर अन्तरगत २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : २६ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका