४ आश्विन २०८३, आइतबार | September 20, 2026

ढुवानी समितिमा सम्मान, नयाँ बर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन



बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले नयाँ वर्ष-२०८१ पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा हालै सम्पन्न पश्चिम नेपाल वस व्यवसायी प्रालीको अधिवेशनबाट निर्वाचित नयाँ सञ्चालक समितिलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । सोही अवसरमा समितिले प्रकाशन गरेको २०८१ को भित्रेपात्रोको विमोचन पनि गरिएको थियो ।

बुधबार बुटवल उपमहानगरपालिका वडा नंं. १३ मा रहेको ढुवानीग्रामस्थित समितिको सभाहलमा कार्यक्रमको आयोजना गरि नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान, भित्रेपात्रोको विमोचन तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं. १३ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्माले ढुवानी तथा यातायात क्षेत्रका समस्याहरुलाई समाधान गर्न आफु प्रतिवद्ध भएर लागेको बताउदै सबैको सहयोग र हातेमालोबाट अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा पश्चिम नेपाल वस व्यवसायी प्रालिका नवनिर्वाचित अध्यक्ष दधिराम खरेलले नयाँ वर्षले सबैलाई नयाँ उत्साहा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै भित्तामा टागिने पात्रोमा तिथि मिति फेरिएपनि व्यवसायीहरुको स्थितीमा सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

ढुवानी व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका संयोजक श्यामबहादुर हमालले व्यवसायीक संस्थाहरुवीचको सम्बन्धले व्यवसायीक समस्या समाधान गर्न बल मिल्ने हुदा आफ्नो पहिचान दिन र आफ्नो भूमिका देखाउन सबैलाई आग्रह गरे ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष जीत बहादुर भाटको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष माधव आचार्यको स्वागत तथा महासचिव कमल ढुङ्गानाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, रुपन्देही परिवहन प्रालिका सञ्चालक सदस्य बाबुराम महत लगायत बोलेका थिए ।

कार्यक्रममा ढुवानी समितिका पदाधिकारी, सदस्यहरु, परिवहन प्रालिका सञ्चालकहरु, व्यवसायी र सल्लाहकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वस प्रालिका अध्यक्षसहित ११ जना सञ्चालकहरुलाई खादा तथा अविर लगाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ३७ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल