२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पत्रकार ‘सन्ध्या शर्मा’को बैकल्पिक पेशा : किभा व्युटी पार्लर संचालनमा



नेपालगन्ज । पत्रकारितालाई मुख्य पेशा बनाइरहेकी नेपालगन्जकी क्रियाशिल पत्रकार संगिता पाठक (सन्ध्या शर्मा) ले आफ्नो बैकल्पिक पेशकारुपमा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन । बुधबार बिहान एक कार्यक्रमका बीच शर्माले संचालन गरेकी ‘किभा व्युटी पार्लर’को उदघाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीको पहिलो दिनको शुभसाइत पार्दै कन्या आद्या मिश्रबाट पार्लर उदघाटन गरिएको छ ।

वर्तमान अवस्थामा पत्रकारितालाई जोगाउन सकेत बैकल्पिक पेशा आवश्यक देखेर पार्लर व्यवसाय तर्फ आफ्नो पाईला बढाएको उनले बताइन् । आफु भित्र रहेको सिपलाई सदुपयोग गर्दै पत्रकारिता सहित अन्य व्यवसायमा हात हालेको शर्माले बताइन् । उनले आफु कलमकै माध्यमबाट सबैमाझ चिनिएकीले पत्रकारिताको मुल कर्मलाई नछाड्ने बताउँदै दुवै क्षेत्रलाई सन्तुलन मिलाएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । ‘लेख्ने बाहेक म संग पार्लर सम्बन्धि समेत सिप रहेको हुनाले यो पेशा सुरु गरेकी हुँ ।’ उनले भनिन् ।

नेपालगञ्ज(२ हनुमानगढी मन्दिर बागेश्वरी टोलमा संचालनमा आएको उनको पार्लरमा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध रहेको शर्माले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ५८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट