३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

एसइईमा अनलाईन चिट चोराउने प्रिन्सिपल सहित ५ जना धरौटीमा रिहा



नेपालगन्ज । एसइई परीक्षामा अनलाईन चिट चोराउने विद्यालयका प्रिन्सिपल र शिक्षकलाई बाँके प्रशासनले ६० हजार धरौटीमा रिहा भएका छन् । गत चैत्र १४ गतेदेखि संचालन भएको नियमित तर्फको एसईई परीक्षामा व्हाट्सएप ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने नेपालगन्जको लोटस इंग्लिश मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र पार्टटायम शिक्षक मोहमद अल्ताफ खानलाई बाँके प्रशासनले जनही ६०/६० हजार धरौटीमा रिहा गरेको हो ।

अनुसन्धान जारी राखेर उनीहरुबाट धरौटी लिएर रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । शर्मा र खान सहित पक्राउ परेका २ जना कर्मचारीलाई ३०/३० हजार लिएर छाडिएको प्रजिअ पोखरेलले बताए ।

प्रजिअ पोखरेलका अनुसार सोही कसुरमा मोबाइलमा प्रश्नपत्र आउट गराउने र त्यस्को उत्तर तयार गरि पठाउने धन्दा गरि रहेका एवान कन्सल्टेन्सीका ३ जना मध्य २ जनालाई ३०/३० हजार धरौटी लिएर रिहा गरिएको छ । कन्सल्टेन्सिबाट ईरफान अलि मिकरानी ,संतोष नेपाली र दिलिप बिकलाई नियन्त्रणमा लिइएकोमा २ जनालाई जनही ३०/३० हजार धौरौटी लिएर रिहा भएका छन् भने ती मध्य एक जना नावालक भएकोले उनलाई बाल ईजलासमा पठाईएको छ ।

चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगञ्ज–२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न भएको र परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको र बांकी ४ जनालाई चैत्र २७ गते शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले पृन्सिपल र शिक्षक दुवैलाई जनही रु ६०र६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०र३० हजार धौरौटिमा छाडेको हो ।

घटनामा संलग्न सबैलाई धरौटीमा छाडने निर्णय भएको र थप प्रमाण बुझी फसैला भने पछि गरिने प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : ३७ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार