२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एसइईमा अनलाईन चिट चोराउने प्रिन्सिपल सहित ५ जना धरौटीमा रिहा



नेपालगन्ज । एसइई परीक्षामा अनलाईन चिट चोराउने विद्यालयका प्रिन्सिपल र शिक्षकलाई बाँके प्रशासनले ६० हजार धरौटीमा रिहा भएका छन् । गत चैत्र १४ गतेदेखि संचालन भएको नियमित तर्फको एसईई परीक्षामा व्हाट्सएप ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने नेपालगन्जको लोटस इंग्लिश मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र पार्टटायम शिक्षक मोहमद अल्ताफ खानलाई बाँके प्रशासनले जनही ६०/६० हजार धरौटीमा रिहा गरेको हो ।

अनुसन्धान जारी राखेर उनीहरुबाट धरौटी लिएर रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । शर्मा र खान सहित पक्राउ परेका २ जना कर्मचारीलाई ३०/३० हजार लिएर छाडिएको प्रजिअ पोखरेलले बताए ।

प्रजिअ पोखरेलका अनुसार सोही कसुरमा मोबाइलमा प्रश्नपत्र आउट गराउने र त्यस्को उत्तर तयार गरि पठाउने धन्दा गरि रहेका एवान कन्सल्टेन्सीका ३ जना मध्य २ जनालाई ३०/३० हजार धरौटी लिएर रिहा गरिएको छ । कन्सल्टेन्सिबाट ईरफान अलि मिकरानी ,संतोष नेपाली र दिलिप बिकलाई नियन्त्रणमा लिइएकोमा २ जनालाई जनही ३०/३० हजार धौरौटी लिएर रिहा भएका छन् भने ती मध्य एक जना नावालक भएकोले उनलाई बाल ईजलासमा पठाईएको छ ।

चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगञ्ज–२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न भएको र परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको र बांकी ४ जनालाई चैत्र २७ गते शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले पृन्सिपल र शिक्षक दुवैलाई जनही रु ६०र६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०र३० हजार धौरौटिमा छाडेको हो ।

घटनामा संलग्न सबैलाई धरौटीमा छाडने निर्णय भएको र थप प्रमाण बुझी फसैला भने पछि गरिने प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : ३७ बजे

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको