२२ भदौ २०८३, सोमबार | September 7, 2026

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका


२९ चैत्र २०८०, बिहिबार  

26
Shares

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो ।

गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् । गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताइन। बिहान बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने उनले बताइन । “एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ ।” उनले भनिन ।

वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ । वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ । स्थानीय स्रोत साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन। विगतमा घाँस–दाउरा र पशुपालनमा व्यस्त उनी अहिले साबुन उत्पादनमा तल्लीन छिन् ।

महिलाले उत्पादन गरेका सामग्री प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन निर्माण गरिसकेको भन्दै उनीहरुले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उनले जानकारी दिए । उत्पादित सामग्री बजारसम्म पु¥याउन ढुवानीको व्यवस्था गरिएको उनी बताउँछन्।

अध्यक्ष बुढामगरले भने, “दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सीप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौँ, अब उहाँहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौँ, सीपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ ।”

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ८ : १९ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म