६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

अब बुटवल र भैरहवा शहरमा पनि राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ सुरु



बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा।लिले पत्रकार सम्मेलन गर्दै सेवा सुरु भएको जानकारी दिएको हो ।

प्रा.लि.का अध्यक्ष राजकुमार गुप्ताले यात्रुहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा राईड शेयरिङ एप इ ड्राईभ नेपाल सुरु गरिएको जानकारी दिए ।

६ महिना अघि काठमाडौं उपत्यकामा सफलता पुर्वक राईड शेयरिङ सेवा उपलब्ध गराएकोमा बैशाख १ गते देखि बुटवल, भैरहवा क्षेत्रमा सेवा सुरु गरिने उनको भनाई छ । नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने योजना अनुसार कम्पनीले बुटवल, भैरहवा क्षेत्रमा दोस्रो स्थानको रुपमा सेवा सुरु गरेको हो ।

नेपाली सफ्टवेयर ईन्जिनियरहरुले निर्माण गरेको एपबाट सेवा लिन चाहने ग्राहकहरुले सरकारले तोकेको न्युनत्तम भाडामै गन्तव्यमा जान सक्ने कम्पनीले जनाएको छ । विशेषगरी विद्युत्तिय सवारी साधनलाई लक्षित गरेर सेवा सुरु गरेको भएपनि पहिलो चरणमा पेट्रोलिय पद्धार्थ बाट चल्ने कार र बाईकहरु यसमा आबद्ध हुन सक्नेछन् । कम्पनीले राईड गराउन चाहनेहरुलाई निशुल्क दर्ता हुन समेत आव्हान गरेको छ ।

अध्यक्ष गुप्ताका अनुसार एक महिना सम्म निशुल्क राईडका लागि दर्ता गर्न सकिने र त्यसपछि न्युनत्तम शुल्क दर्ताका लागि तोकिनेछ । इ ड्राईभ नेपालको एप गुगोल प्ले स्टोर अथवा एप स्टोर बाट सजिलै डाउनलोड गरेर प्रयोग सकिनेछ । यो एपको प्रयोग गरेर यात्रा गरेमा यात्रु तथा चालकहरुका लागि घाईते अवस्थामा ७० हजार र मृत्यु भएमा ७ लाख सम्मको विमा गरिएको कम्पनीको दावी छ । कम्पनीले पहिलो चरणमा कार र बाईकहरुलाई अबद्धता गराएपनि निकट भविष्यमा टेम्पोलाई पनि जोड्ने बताएको छ ।

अध्यक्ष गुप्ताले सबै यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली जडान गरिएको र यसबाट सवारी सधान कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने बताए । सवारी साधनको सम्पुर्ण नियन्त्रण कम्पनी संग भएकोले सेवाग्राहीले ढुक्कका साथ सेवा प्राप्त गर्न सक्ने उनको भनाई छ ।

इ ड्राईभ नेपाल प्रा.लि.का अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक सेवाको उच्च प्रयोगका साथै ठुलो धनराशी विदेशिनबाट जोगाउन र बातावरण संरक्षण इ ड्राईभ नेपालको अभियान रहेको बताए । साथै उनले क्रमश यो सेवालाई अन्य शहरहरुमा पनि विस्तार गर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ३ : ०५ बजे

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको