१८ माघ २०८२, आइतबार | February 1, 2026

जेएमई र मनिग्राम इन्टरनेश्नल विच सझेदारी सम्झौता



जेएमई र मनिग्राम इन्टरनेश्नल विच अन्तर देशिय विप्रेशण सञ्जालमा जोडने गरि सझेदारी सम्झौता भएको छ ।
यस पश्चात् जापान मनि एक्सप्रेस ९जेएमई) ले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहकलाई जापानवाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउन सहजता प्रदान गरेको छ ।
साथै जेएमईले आफ्ना ग्राहकलाई जेएमई मोवाइल एप रजिष्ट्रर गरि सो एपबाट नै आफैले पैसा पठाउन सकिने व्यवस्था तथा आफूले पठाउने पैसा भुक्तानी गर्नको लागि लसन कार्डको पनि व्यवस्था गरेको छ ।

अब, जेएमई मोवाइल एप रजिष्ट्रर गरि सो एपबाट आफूले चाहेको जुनसुकै देशमा चौविसै घण्टा सातै दिन पैसा पठाउन सकिने व्यवस्था सहित सेवा शुल्क विना नै पैसा पठाउन सकिने पोइन्टस प्रयोग गरि सेवा शुल्क घटाउन सकिने विशेषताहरु थप गरेको छ ।

जापान मनि एक्सप्रेस कम्पनी लिमिटेड लि. दर्ता नं. ००००६ जापानमा रहेका नेपालीहरुद्वारा संचालन गरिएको पहिलो विप्रेषण कम्पनी हो । जसले विगत १४ वर्ष देखि जापानबाट विश्वका विभिन्न देहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ ।

हालसम्म जापान मनि एक्सप्रेसले मनिग्राम इन्टरनेश्नल आइएनसी लगायत विश्वका ११ अन्तराष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीहरुसँग रेमिटेन्स सम्बन्धि कार्य गर्दै आइरहेको छ । जसले गर्दा विश्वका १२ देशहरु (नेपाल, भारत, पाकिस्थान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ५१ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन