काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।
उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
रास्वपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमण अघि र पछि भारत भ्रमण बारे पराष्ट्रपतिलाई औपचारिक जानकारी नदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न सीतल निवास पुगेका छन् ।
















प्रतिक्रिया