२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए प्रदेशसभाको विश्वासको मत



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त गरेका हुन् ।

आफुप्रति प्रदेशसभाको विश्वास रहेको पक्षमा मत दिन आह्वान गर्दै मुख्यमन्त्री महाराले म भन्ने भावनाबाट नभै हामी भन्ने भावनाबाट प्रदेश सरकार संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले विकासको वार्षिक क्यालेण्डर बनाएर अगाडी जाने बताउँदै सबैको भावनालाई समेटेर सरकार संचालन गर्ने जनाएका थिए । उनले निरासाबादमा रुमल्लिएकाहरुले दुनिया बदल्न नसक्ने उनले बताए । यथास्थितीबादबाट परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उनले आफुहरु नयाँचिज प्राप्त गर्न निरन्तर बिद्रोह गर्न तयार रहेको बताए ।

महराको प्रस्तावलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा प्रदेशसभाका ४८ जना सदस्यहरुले महरा प्रति विश्वास छ भन्ने अर्थात हुन्छ भन्ने पक्षमा मतदान गरेका छन् भने महरा प्रति विश्वास छैन अर्थात हुन्न भन्ने पक्षमा २८ मत प्राप्त भएको थियो ।

सभाभा सभामुख घर्तीले मुख्यमन्त्री विश्वासको मत प्राप्त भएको घोषणा गर्दै महरालाई बधाई दिएका थिए । प्रदेशसभाको बैठक बैशाख २ गते बस्ने गरि अन्त्य भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय