१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन दुताबासको आग्रह



काठमाडौं । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।

साथै दुताबासले आवश्यक परेमा दुताबासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूताबासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।

इरानले इजरायलमा गएरातीदेखि आक्रमण शुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा- भेला नगर्न निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  २ : ११ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका