८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नेपालगन्जको सरस्वती संगीतालय बन्द भएको २५ वर्ष पछि पुन: संचालनमा



नेपालगन्ज । विगत २५ वर्षदेखि बन्द रहेको नेपालगन्जको सरस्वती संगीतालय आजबाट संचालनमा आएको छ । साधन र श्रोतको अभावमा बन्द भएको संगीतालयलाई स्थानीय कलाकार श्यामानन्द सिंहले आफुसँग रहेका संगीत सामाग्री सहयोग गरेर संगीतालय संचालनमा ल्याएका हुन् ।

कुनैबेला पश्चिम नेपालकै एकमात्र संगीत सिकाउने केन्द्र बनेको संगीतालय २०५४ साल देखि बन्द रहेको थियो । तत्कालिन अवस्थामा संगीतालयको अनवरत सेवा गरेका संगीत प्रशिक्षक रमेश शर्मा र सुरेश शर्माको निधन भएपछि संगीत प्रशिक्षकको अभावमा संगीतालय बन्द भएको थियो । संगीतालयमा रहेको संगीतको सामाग्रीहरु जिर्ण भएको र संचालनको अवस्थामा समेत नरहेको अवस्थामा नेपालगन्जका ख्यातीप्राप्त चित्रकार तथा कलाकार श्यामानन्द सिंहले आफ्नो निजी संगीत सामाग्रीहरु संगीतालयलाई दान गरेसँगै संगीतालय संचालनमा आएको हो ।

पुन:संचालनमा आएको संगीतालयको आज एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । उदघाटनका अवसरमा उनले रिबन काट्नुका साथै गितार पनि बजाए । उदघाटनको अवसरमा बोल्दै नगर प्रमुख विष्टले आगामी बजेटमा संगीतालयका लागि बजेट बिनियोजन गर्ने आश्वासन दिए । उनले बन्दै गरेको नगर सपिङ कम्प्लेक्समा संगीतालयका लागि २ वटा कोठा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै उपमहानगर संगीतालयको अभिभाकत्व ग्रहण गर्न तयार रहेको बताए ।

कलाकार सिंहले आफ्नो ३ वटा मेजर शल्यक्रियाका बेला संगीतालयलाई ब्युँताउन गरेको संकल्पलाई साकार पार्न पाएकोमा खुसी ब्यक्त गरे । उनले जीवनमा आफ्नो धोका भनेकै नेपालगन्जमा संगीत र कलाको सेवा गर्नु रहेको उल्लेख गर्दै अव सरस्वती संगीतालयमा नियमित प्रशिक्षण चल्ने बताए ।

संगीतालयका अध्यक्ष बिरेन्द्र यादवले संगीतालयले पुनर्जिवन पाएको भन्दै कलाकार सिंहलाई धन्यबाद दिए । उनले नेपालगन्ज कला र संगीतको उर्वरा भूमी भएर पनि उपुयुक्त वातावरण र प्रशिक्षण केन्द्र नभएर यहााको कला बाहिर आउन नसकेको बताए ।

वि.सं २०२८ मा स्थापना भएको संगीतालयको उचित संरक्षण नहुँदा त्यहाँ भएका बहुमुल्य संगीत सामागीहरु चोरी भएका छन् भने भएका सामाग्रीहरु पनि जिर्ण भएका छन् ।

संगीतप्रेमी युवा संगीत सिक्न आउने गरेको भए पनि संगीतालयको अवस्था देख्दा निराश भएर फर्किने गरेको बाँकेका बरिष्ठ कलाकार सुन्दर गुरुङ बताउँछन् । त्यसो त गायक अर्जुन मिलन अर्थात् संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्यले पनि यही संगीतालयबाट संगीत सिकेका हुन्।

उनले कानूनमा प्रविणता तहको अध्ययन गर्ने क्रममा नेपालगन्जमा बस्दा यही संगीतालयबाट संगीत सिकेका थिए। नेपालगन्जका संगीतकार दीपक सल्मानी, दिलीप परियार, सीता गुरुङ, कन्हैयासिंह, विनोदसिंह सिन्हाजस्ता साहित्यिक हस्ती पनि यहाँकै उत्पादनभित्र पर्दछन्। नेपालगन्जका रैथाने कलाकार बबरुत सिंह, महेन्द्र हमाल, चलचित्र नायक बिरेन्द्र हमाल, चलचित्रकी नायिका सुश्मा शाही, निर्देशक कैलाश प्रविण जस्ता कलाकार पनि सोही संगीतालयबाट उत्पादन भएका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : ३२ बजे

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका

धनी उपप्रधानमन्त्री : नगद नै २ करोड मौज्दात साथमा राख्ने रघुवीर

काठमाडौं । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान

प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, एउटा घडेरी, ५ तोला सुन

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक