३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

वान एक्स बेटमार्फत सन्ताउन्न करोड बढी कारोबार, तीन पक्राउ



काठमाडौं । नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम सङ्कलन गर्ने तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

“पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ”, प्रवक्ता रेग्मीले भने । पक्राउ परेकाले ती खाताबाट रु ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरअन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए ।

प्रहरीले उनीहरूसँग नौ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सिपियु एक थान, नगद रु ६२ हजार र विभिन्न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १० : ३९ बजे

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा