२८ बैशाख २०८३, सोमबार | May 11, 2026

इरानले कब्जा लियो इजरायलको कन्टेनर जहाज, १७ भारतीय अझै बन्धक



नयाँ दिल्ली । इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ । इरानले जहाज कब्जा गरेको घोषणा गरेपछि इजरायली सेनाले यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको छ । इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन ।

सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ । इन्डियन एक्सप्रेसका अनुसार पोर्चुगिज झण्डाको कार्गो जहाज एमएससी एरीजमा २५ चालक दलका सदस्य मध्ये १७ जना भारतीय रहेका छन् । समाचार  अनुसार भारतीय नागरिकको सुरक्षा र चाँडो रिहाइ सुनिश्चित गर्न भारत इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आक्रमण भएको देख्न सकिन्छ । बोर्डमा चालक दलका सदस्यले भनेको सुन्न सकिन्छ- ‘बाहिर नआउ’। जहाज कब्जामा लिइएको हेलिकप्टर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डको थियो। सो कार्गो जहाजमा इजरायली व्यापारी इअल अफरको पनि स्वामित्वमा रहेको जनाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ३९ बजे

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा

खजुरा पालिका गान विवाद : २ जना प्रतिष्ठान सदस्यबाट राजीनामा

खजुरा । बाँकेको खजुरा गाँउपालिकाले सार्वजनिक गरेको पालिका गानको विवाद