२ कार्तिक २०८३, सोमबार | October 19, 2026

अफगानिस्तानले सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै : राष्ट्रसङ्घ



काबुल । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ ।

बालिका तथा केटीहरूको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ ।

युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो सङ्कटको रूपमा वर्णन गर्दै महिलाहरुलाई उच्च शिक्षामा बहिष्कारको विरुद्धमा कार्य गर्दै उनीहरूलाई शैक्षिक पहुँच बिहिन हुनुबाट रोकेको जनाएको छ ।

प्रतिवेदनका अनुसार चालु दशकको अन्त्य सम्ममा देशले २० हजार महिला शिक्षक र पाँच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।

सन् २०२१ सेप्टेम्बरबाट अफगान सरकारले वालिकाहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाए पछि, १० लाख भन्दा बढी वालिकाहरु आफ्नो सिकाइ अधिकारबाट वञ्चित भएको युनिसेफले जनाएको छ । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रह्यो भने २० लाख भन्दा बढी बालिका प्राथमिक तहकै विद्यालय पहुँच भन्दा बाहिर रहने चेतावनी युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा केटीहरूलाई हाल कक्षा–छ भन्दा माथिको शिक्षाको लागि प्रतिबन्ध लगाइएको भने महिलाहरूलाई अर्को सूचना नआए सम्म विश्वविद्यालयहरूमा उपस्थित हुन निषेध गरिएको छ ।

प्रतिवेदनले अफगान सरकारलाई केटीहरूको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन आग्रह गरेको छ , भने अन्तर्राष्ट्रिय समुदायलाई अफगान वालिकाहरूको शिक्षाको मौलिक अधिकारको सरक्षणमा सहयोग गर्न आह्वान गरेको छ।

 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : ३३ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३