२३ भदौ २०८३, मंगलबार | September 9, 2026

हराएको मोटरसाईकल फेला, चोर बेपत्ता



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको वडा नम्बर १८ बाट हराएको मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाएको छ । हिजो राती ८ बजे नेपालगन्ज १८ स्थित बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा हराएको मोटरसाईकल प्रहरीले बवारिसे अवस्थामा फेला पारी सवारी धनीलाई बुझाएको हो ।

सवारी धनी बर्दिया राजापुर नगरपालिका २ का सन्दीप थारुले गरेको उजुरीको आधारमा खोजीका लागि खटिएको प्रहरी टोलीले सोही वडाको कृष्ण मन्दिर अगाडी बेवारिसे अवस्थाममा छाडिएको मोटरसाईकल प्रहरीले फेला पारेको हो । मोटरसाइल फेला परेपनि चोरी गर्ने कार्यमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न असफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज सवारीधनीलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । नेपालगन्जमा पछिल्लो समयमा हरेकदिन जसो मोटरसाइकल चोरीका घटना भइरहेपनि चोरलाई पक्राउ गर्न प्रहरी असफल देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ०१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी