१० श्रावण २०८३, आइतबार | July 26, 2026

सत्ता समीकरणमा विभाजनको घन्टी



काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ । सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पुर्व सहमति अनुसार नगरेको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ ।

हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीम, जसपा र एकीकृत समाजवादी रहेका छन् ।

यसअघि केन्द्रमा नयाँ समीकरण बनाउदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् । उनले यसअघिको सहमति पालना नगरेको र आफुहरुलाई धोका भएको विश्लेषणसहित सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गरेका थिए ।

अब सुदूरपश्चिममा कांग्रेस, एकीकृत समाजवादी, नाउपा र राप्रपाको सहकार्य अनुसार सरकार बनेमा यसको असर अन्य प्रदेशमा मात्र होइन केन्द्रको समीकरणमा पनि पर्ने देखिएको छ ।

अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुश्किलले विश्वासको मत पुर्याएका थिए । एकीकृत समाजवादीले सरकार छोडेमा उनी सिधै अल्पमतमा पर्छन र सरकार ढल्ने अवस्था रहेको छ । त्यस्तै त्यस्तै १०७ सदस्यीय मधेश प्रदेशमा पनि एकीकृत समाजवादी निर्णायक अवस्थामा छ । ७ सांसद रहेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने देखिएको छ ।

मधेशमा अहिले जसपाका सरोज यादवको नेतृत्वमा सरकार छ । सरकारलाई एमालेका २५, जसपाका १९, माओवादीका ९, लोसपाको ९ तथा एकीकृत समाजवादीको ७ सांसदको समर्थन रहेको छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा लोसपाले पनि सरकार छोड्ने बताइएको छ ।

त्यस्तै एकीकृत समाजवादीले केन्द्रको सरकारलाई समर्थन फिर्ता लिएमा केन्द्रको समीकरणलाई समेत धक्का लाग्न सक्ने देखिएको छ । गत फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वसको मत लिदा १५७ मत पाएका थिए । एकीकृत समाजवादीले समर्थन फिर्ता लिदा सरकार सिधै अल्पमतमा नपरेपनि समीकरण भत्किने भने देखिन्छ । अहिलेको सत्ता समीकरणमा जोडिएको जसपाले मधेसको मुख्यमन्त्रीकै कारणले केन्द्रमा नयाँ समीकरणमा जोडिएको हो । मधेसको मुख्यमन्त्री गुमाउने अवस्थामा जसपा केन्द्रको समीकरणमा रहन्छ या रहदैन भन्न नसकिने बताइएको छ ।

सुदूरपश्चिममा सरकार बन्नेक्रममा रहेको र एकीकृत समाजवादीको भूमिका अहिले पनि शंकास्पद रहेकोले नयाँ सत्ता समीकरण भत्कियो भन्न अहिले हतार नै हुन्छ । सुदूरपश्चिममा प्रदेश प्रमुखले मंगलबार सांसदहरुको सनाखत गरेर निर्णय लिने बताएकाले त्यसपछि मात्र एकीकृत समाजवादीको भूमिका स्पष्ट हुने छ । सनाखतमा पनि एकीकृत समाजवादीले नाउपाका लक्ष्मण किशोर चौधरीको पक्षमा लागेमा यसले केन्द्रको सत्ता समीकरणमा फुटको बिजारोपण भने अवश्य हुने छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ४३ बजे

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले बुझाए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै