६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ



बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट ठुलो परिमाणको चरेस सहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले बर्दियाको सीमा फुटाहाको दशगजा नजिकैबाट करिब २३ किलो चरेशसहित रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ का ३४ वर्षिय बमबहादुर पुनलाई पक्राउ गरेको हो ।

मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद गतिबिधि गरिरहेका पुनलाई शङ्का लागी चेकजाँच गर्नेक्रममा उनको साथमा रहेको दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाका सशस्त्र प्रहरी नयब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

पुन चरेस रहेको झोला बोकेर नेपालबाट भारततर्फ जान लाग्दा पक्राउ परेको डीएसपी थापाले बताए । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५५ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन