२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

जस बटलरको शतकमा राजस्थान रोयल्सको जित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटको पराजित गरेको छ ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । बटलरको जारी प्रतियोगिता यो दोस्रो शतक हो ।

यस्तै, रियान परागले ३४ तथा रोभम्यान पावेलले ६ रन बनाए । यशस्वी जैसवाल १९, सञ्जु स्यामसन १२, रविचन्द्रन आश्विन ८ र शिम्रन हेटमायर डक आउट भए । कोलकाताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले दुई-दुई विकेट लिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्कासहित सर्वाधिक १०९ रन बनाए । नारायणको यो आईपीएल करिअरको पहिलो शतक हो । फिलिप साल्ट १०, रघुवंशी ३०, श्रेयस ऐर ११, आन्द्रे रसेल १३ र रिंकु सिंहले २० रन बनाए ।

राजस्थानका आवेश खान र कुलदीप सेनले दुई–दुई विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एकरएक विकेट लिए । राजस्थान ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : ०० बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा