३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जको जमुनाहा नाकाबाट १२८० प्याकेट खुकुरी चुरोट सहित ३ महिला पक्राउ



नेपालगन्ज । बाँकेको जमुनाह नाका हुँदै भारत तर्फ लैजाँदै गरेको ठुलो परिमाण्को खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट १२८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट सहित ३ जना महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । पक्राउ परेका महिलाको नाम दिन भने उनले अस्वीकार गरे । पक्राउ परेका महिला भरिया मात्र भएकाले नामा सार्वजनिक नगरिएको उनले बताए ।

प्रहरीका अनुसार बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : १० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन