१७ असार २०८३, बुधबार | July 2, 2026

नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५ औँ पटक जिब्रो छेडे



बाँके । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५ औँ पटक जिब्रो छेडे । उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए । उनी जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैते दशैँ र विजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ । नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताए ।

महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्परा रहे पनि केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गरे । नवरात्रको व्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आएर त्रिशुलले जिब्रो छेड्ने परम्परा छ । हरेक वर्ष करिब एक सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उनले जानकारी दिए ।

“नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ”, उनले भने, “निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिरामी नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।”

बागेश्वरी मन्दिरमा आज नेपाल र भारतीय भक्तजनले जिब्रो छेडेका छन् । नेपालमात्रै होइन, भारतबाट आएका भक्तजनले समेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन् ।

सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुशी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास छ । बागेश्वरी मन्दिरमा रामनवमीमा बर्षेनि कैयौँले जिब्रो छेड्ने गर्दछन् ।

रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ । भीड व्यवस्थापन गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : २९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)